१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्वोच्चले सुरु गर्‍यो भर्चुअल बहस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:४१:oo

सर्वोच्च अदालतले मंगलबारदेखि भर्चुअल बहसको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासबाट यसको सुरुवात भएको छ । मंगलबार उनले ६ वटा बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ गरेका थिए । 

सर्वोच्चको चालू पञ्चवर्षीय रणनीतिक योजनामा पनि न्यायपालिकालाई प्रविधिमैत्री बनाउने उल्लेख छ । अझ कोरोना महामारीको समयमा संक्रमणको जोखिम घटाउन भर्चुअल बहसको सुरुवात गरिएको सहप्रवक्ता देवेन्द्र ढकालले बताए । 

कानुन व्यवसायीले आफ्नै फर्म, चाहेको स्थानबाट वा सर्वोच्चकै सञ्चार कक्षबाट बहस गर्न सक्नेछन् । सुरुवाती चरणमा एउटा मात्र बेन्चबाट यसको सुरुवात गर्ने र बिस्तारै यसलाई व्यवस्थित र विस्तार गर्दै लगिने सहप्रवक्ता ढकालको भनाइ छ । 
 

ad
ad