मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ३ सोमबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चलचित्रकर्मी चेतन कार्कीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ३ सोमबार o९:१६:oo

चलचित्र निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । गत आइतबार कोरोना पोजेटिभ देखिएपछि उनको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार उनको निधन भएको हो । 

कार्कीले शाही नेपाली चलचित्र संस्थानमा ०२८ सालदेखि ०३८ सालसम्म निर्माण अधिकृतका रूपमा काम गरेका थिए । कार्की संस्थानमा कार्यरत रहेकै वेला ‘मनको बाँध’, ‘कुमारी’, ‘जीवनरेखा’जस्ता चलचित्र संस्थानले बनाएको थियो । 

उनले गीत लेखनसँगै तीनवटा चलचित्र निर्देशन पनि गरेका थिए । उनले निर्देशक प्रकाश थापासँग ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’मा काम गरेका थिए भने बिएस थापासँग ‘कान्छी’, ‘मायाप्रीति’, ‘कन्यादान’मा काम गरेका थिए । पछिल्लो समय भने कार्की उमेरका कारण चलचित्र क्षेत्रमा सक्रिय थिएनन् ।