१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा कोरोना परीक्षणका लागि स्वाब संकलन रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३४:oo

रसुवामा कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको छ । त्रिशूली अस्पताल नुवाकोटले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य बन्द गरेसँगै बिहीबारदेखि जिल्लामा कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको हो । 

कोभिड १९ परीक्षणको स्वाब अत्यधिक मात्रामा संकलन भएको र संकलित स्वाबको परीक्षण गर्न समय लाग्ने भन्दै त्रिशूली अस्पताल नुवाकोटले एक साता स्वाब संकलन बन्द गरेको जानकारी गराएसँगै जिल्लामा कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य रोकिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा जिल्लाको रसुवा अस्पताल धुन्चे, ग्रामीण अस्पताल जिबजिबे र स्थानीय तहहरूले कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि त्रिशूली अस्पताल पठाउने गरेका थिए । स्वाब संकलनको कार्य रोकिँदा कोरोनाका संक्रमितको पहिचानमा समस्या भएको जिबजिबे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए । 

अहिले एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेको उनले बताए । कोरोनाको लक्षण मिल्दाजुल्दा बिरामीको एन्टिजेन परीक्षणमा नेगेटिभ आउने गरेकाले पिसिआर परीक्षण गर्न नपाँउदा समस्या भएको उनले बताए । ‘कोरोनाको लक्षण मिल्दाजुल्दा भएकाको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आउछ, लक्षण देखिएको छ भने त्यस्ता बिरामीको पिसिआर गर्नुपर्ने हो,  त्यसले गर्दा हामी मर्कामा परेका छौँ, एन्टिजेनले पिसिआरमा पजेटिभ आउने पनि नेगेटिभ देखाइरहेको हुन्छ ।’ 
 
जिल्लामा हाल एक सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरूमध्ये नाैजना संस्थागत आइसोलेसन र  एक सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा हालसम्म दुई हजार एक सय ४५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये तीन सय ७४ जनामा कोरोना पजेटिभ देखिएको छ भने एक हजार सात सय १९ जनामा नेगेटिभ देखिएको छ । 
 
 

ad
ad