नेपाल, नेम्वाङ र पौडेलबीच सिंहदरबारमा छलफल

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

एमालेको माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालयमा सामूहिक राजीनामाको तयारीमा जुटिरहेका वेला प्रधानमन्त्री केपी ओलीपक्षीय  नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल वार्ताका लागि पुगेका छन् । सांसद धमाधम जम्मा भइरहेको वेला सचिवालयमै अहिले वरिष्ठ नेता नेपालसँग  नेम्वाङ  र पौडेलले छलफल गरिरहेको सांसद झपट रावलले बताए । 

‘हिजोकै निष्कर्षलाई निरन्तरता दिन हामी छलफलका लागि जम्मा भइरहेका छौँ, माथिबाट नेताहरूले जे भन्नुहुन्छ त्यही गर्ने मानसिक तयारीसहित यहाँ आएका हौँ,’ रावलले भने । 
अहिलेसम्म दर्जनभनदा बढी सांसद सिंहदरबार पुगेका छन् ।
 

सुझावित समाचार