मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २५ शनिबार
  • Wednesday, 08 January, 2025
सुदीप शिवाकोटी काठमाडाैं
दिपेश शाही हेटाैंडा
२o७८ बैशाख २५ शनिबार o६:३६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा उपनिर्वाचन : पुराना र नयाँ एमालेको प्रतिस्पर्धा, आफ्नै सिट सुरक्षित गर्न गृहमन्त्री थापालाई कठिन

Read Time : > 2 मिनेट
दिपेश शाही, हेटाैंडा
नयाँ पत्रिका
२o७८ बैशाख २५ शनिबार o६:३६:oo

रामबहादुर थापा, एमालेका उम्मेदवार : एमालेको आधिकारिक उम्मेदवार मै हुँ । एमालेले मलाई उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ । पार्टीले स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्नेमा कुनै सत्यता छैन । मेरो जित सुनिश्चित छ । 

डा. खिमलाल देवकोटा, गठबन्धनका उम्मेदवार : म स्वतन्त्र उम्मेदवार हुँ । तर, मलाई कांग्रेस, माआवादी र जसपाको समेत समर्थन छ । देशमा स्थिायित्वका लागि दलहरू मिल्न जरुरी पनि छ, तर त्यसले मलाई फरक पार्दैन ।

...      ...

बागमती प्रदेशमा आगामी ६ जेठमा हुने राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनमा एमालेकै दुईजना उम्मेदवार उठेपछि गृहमन्त्री रामबहादुर थापा जोखिममा परेका छन् । एमालेबाट उम्मेदवार बनेका थापाको प्रतिद्वन्द्वी पनि विपक्षी दलहरूको गठबन्धले एमालेकै असन्तुष्ट पक्षका खिमलाल देवकोटालाई बनाएसँगै उनी जोखिममा परेका हुन् ।

माओवादी केन्द्र छोडेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्यको आफ्नै स्थानमा हुन गइरहेको चुनाव गृहमन्त्री थापाका कठिन भएको छ । एमालेकै असन्तुष्ट झलनाथ खनाल र माधव नेपाल पक्षले विपक्षी दलहरूसँग गठबन्धनमा एमालेकै बुद्धिजिवी संगठनका खिमलाल देवकोटालाई प्रतिद्वन्द्वी उम्मेदवार उठाएपछि थापाको जित अनिश्चत भएको छ । 

प्रदेश सभा सदस्य र स्थानीय निकायका प्रमुख तथा उप्रमुखले मतदान गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सबैभन्दा बढी मतदाता एमालेकै छन् । तर, गत २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलापछि एमाले राजनीतिक–सांगठनिक रूपमा एक छैन । त्यसैले एमालेको तर्फबाट उम्मेद्वार बनेका गृहमन्त्रीलाई उनकै पार्टीको असन्तुष्ट समूहबाट खतरा आइलागेको छ । 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आगामी २७ बैशाखमा संघीय संसदबाट विश्वासको मत लिनुअघि पार्टीभित्रको विवाद सल्टाउने कोशिष जारी रहँदा कानूनी रूपमा एउटै रहेको पार्टीका दुवै जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओली र खनाल–नेपाल समूहबीच पार्टी एकताको विषयलाई लिएर विभिन्न चरणमा छलफल चलिरहेको भएपनि सहमति जुटन कठिन बनेको छ, जसको सिधा असर माओवादी छोडेर एमाले प्रवेश गरेका गृहमन्त्री थापाको राजनीतिक यात्रामा परेको छ । 

थापाले भने आफ्नो उम्मेदवारी दर्तापछि आफू नै एमालेको आधिकारिक उम्मेदवार भएको भन्दै जित निश्चित भएको दाबी गरे । ‘एमालेको आधिकारिक उम्मेदवार मै हुँ । पार्टीले स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्नेमा कुनै सत्यता छैन,’ उम्मेद्वारी दर्ता पछि थापाले भने, ‘मेरो जित सुनिश्चित छ । मलाई एमालेले उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ ।’ 

थापाले एमालेको एकमुष्ट मत आफूलाई पर्ने भन्दै जित सुनिश्चित भएको दाबी गरे पनि खनाल–नेपाल पक्षका एक नेताले अरू दलसँग आफूहरूले गबन्धन बनाइसकेकाले त्यसबाट पछि नहट्ने बताए । ‘कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनाएर हामीले उम्मेदवार उठाएका छौँ, हामी  ब्याक हट्ने भन्ने हुँदैन, त्यो धोका हुन जान्छ,’ ती नेताले भने, ‘खिमलालजी अब हाम्रो मात्रै उम्मेदवार रहनु भएन, साझा उम्मेद्वार बन्नुभयो । उनले पार्टी एकतामा नाटकीय सहमति बनेर उम्मेदवारी फिर्ताको निर्णय हुनसक्ने भए पनि त्यसको सम्भावना कम रहेको बताए ।

गठबन्धनका तर्फबाट चुनाव उठेका देवकोटाले आफू स्वतन्त्र उम्मेदवार भएको भन्दै पार्टीको गुट–उपगुटसँग कुनै चासो नभएको बताएका छन् । उनले एमाले मिल्ने र आफूलाई ब्याक गराउने चर्चा चले पनि कांग्रेस, माआवादी र जसपाको समेत आफू उम्मेदवार भएकाले त्यसले कुनै फरक नपार्ने बताए । ‘पार्टी मिल्नुपर्छ । देशमा स्थिायित्वका लागि मिल्न जरुरी पनि छ, त्यसले मलाई फरक पार्दैन,’ देवकोटाले भने । उनले निर्वाचन कार्यालयसँग मौखिक रूपमा कलम चुनाव चिन्ह मागेको समेत जानकारी दिए ।

त्यसो त जित सुनिश्चित नभएसम्म राष्ट्रिय सभाको उपनिर्वाचनमा नउठ्ने अडानमा रहेका थापा अन्तिम समयमा आएर मात्रै उम्मेदवारी दिन तयार भएका थिए । उम्मेदवारी दर्ताको अन्तिम दिन २४ बैशाख, शुक्रबार बिहानसम्म जितको सुनिश्तिता खोजिरहेका थापा अन्तिम समयमा एकाएक हेलिकप्टरमार्फत उम्मेदवारी दर्ताका लागि हेटौँडा पुगेका थिए । 

यस्तो छ अंकगणित : ९,५६४ मतभार रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै एमालेको ५,१३० र कांग्रेस–माओवादीको ३,९७८ मतभार

- राष्ट्रिय सभा उपनिर्वाचनमा बागमती प्रदेश सभाका ११० र १३ जिल्लाका ११९ स्थानीय तहका २३८ गरी कूल ३४८ मतदाता । 

- मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार । यस हिसाबले बागमती प्रदेश सभामा ११० सांसदको ५,२८० र २३८ स्थानीय तहका प्रतिनिधिको ४,२८४ गरी जम्मा ९,५६४ मतभार ।

- सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ र स्थानीय तहमा १३३ जना गरी १९० मतदाता । यसको कुल मतभार ५१ सय ३० हुन्छ । तर, बागमती प्रदेशमा एमालेका दुवै पक्षको अंकगणित करिब बराबरी अवस्थामा रहेको खनाल–नेपाल समूहको दाबी छ । 

-कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । कांग्रेसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३,९७८ मतभार हुन आउँछ । एमालेभित्र खनाल–नेपाल समूहसँग भएको मतभारले गठबन्धनको जित सुनिश्चित गर्न सक्छ ।