लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभाले बैंकको चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गरेको छ। आ.व. ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ।
आ.व. ०८०/८१ मा रु. ३३३ अर्ब निक्षेप र रु. २५८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु. ३९५ अर्ब छ। सो आ.व.मा दुई अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।