दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो पौने २ बजेतिर बसले ठक्कर दिँदा तुलसीपुर– ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बजारबाट बसपार्कभित्र जाँदै गरेको लुम्बनी प्रदेश ०२ ००१ ख ००४४ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बसपार्क तल्लो पिपलबोटनजिकै बाटो काट्दै गरेको अवस्थामा बसले ठक्कर दिएको हो। प्रहरीले बसका चालक ४१ वर्षीय खिमराज वलीलाई नियन्त्रणमा लिएको छ।