लमजुङ प्रहरीले तीन महिनाको अवधिमा जिल्लाबाट एक सयभन्दा बढी अवैध हतियार बरामद गरेको छ।
लमजुङका डिएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट तीन महिनाको अवधिमा ११४ वटा भरुवा बन्दुक बरामद भएको हो। गत असोज १६ मा आफू जिल्लामा आएदेखि नै अवैध हतियार बरामद अभियान सञ्चालन गरेको उनको भनाइ छ।
सो अवधिमा प्रहरीले २२ बोर हर्नेट, १२ बोर दुईनाले बन्दुक, एकनाले वृज लोडिङ राइफलसहित ११४ थान हतियार बरामद गरेको हो। डिएसपी श्रीवास्तवका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार रहेका छन्।