नवलपुर प्रशासनले निषेधाज्ञाको समयमा सवारी पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आन्तरिक र बाह्य जिल्ला कहीँ–कतै पनि कुनै पनि प्रकारको सवारी पास नदिने जनाएको छ ।
निषेधाज्ञामा प्रेस, एम्बुलेन्स, शव वाहन, तरकारी, दूधजस्ता अत्यावश्यक सवारीसाधन भने सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चलाउन सकिने प्रशासनले यसअघि जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।