संघीय संसद्का सबै सांसदको पिसिआर परीक्षण गरिने भएको छ । वैशाख २२ र २३ गते पिसिआर परीक्षण गरिने संसद् सचिवालयको भनाइ छ । २७ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएपछि त्यसअघि सांसदहरूको पिसिआर परीक्षण गर्न लागिएको हो ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पिसिआर विधिबाट कोभिड परीक्षण हुने सचिवालयको भनाइ छ । संसद् सचिवालयका कर्मचारी, आइसिसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुने बताइएको छ ।
अघिल्ला अधिवेशनहरूमा बैठकअघि सांसदहरूको पिसिआर परीक्षण गरिएको थियो ।