Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग नेता नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२३:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कोभिडका कारण संकटमा परेका सञ्चारजगत् र पत्रकारको रोजगारीको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै नेता नेपालले प्रेस आफैँ पनि मर्यादित हुनुपर्ने र स्वनियमको माध्यमबाट सुधारमा जोड दिन आग्रह गरे । 

उनले लोकतान्त्रिक आन्दोलनमा सञ्चारले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका छन् । अलोकतान्त्रिक र प्रतिगमनविरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकामा राज्यबाट भएका धरपकड प्रेस स्वतन्त्रताको मूल्य र मान्यताविपरीत भएकाले यस्तो कार्य रोक्न पनि  उनले माग गरे ।