मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १८ शनिबार ०६:१३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १८ शनिबार ०६:१३:००

२३ जिल्लामा निषेधाज्ञा 

कोभिड– १९ संकट व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि ३५ मध्ये १३ नाका मात्रै सञ्चालन गर्न समितिले सिफारिस गरेको हो । 

सिसिएमसीको शुक्रबारको बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । यी नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाइनेछ ।

बैठकले निषेधाज्ञालाई थप बलियो बनाउन पनि सिफारिस गरेको छ । उद्योगहरू सञ्चालन गर्न दिए पनि मजदुरलाई कार्यालयमै राख्नुपर्ने समितिको सिफारिस छ । 
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएको छ । शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीन जिल्लामा आंंशिक र २० मा जिल्लाभर नै निषेधाज्ञाको निर्णय भएको छ । 

गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ । सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ । 

प्रदेश नम्बर २ को पर्सामा मात्र निषेज्ञाधा छ । बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा छ । काभ्रे र मकवानपुरलाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिम भएको जिल्लाको सूचीमा राखिसकेको छ । यी जिल्लामा पनि निषेधाज्ञाको तयारी भइरहेको छ । 

गण्डकीको कास्कीमा जिल्लाभर तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा धेरै संक्रमण देखिएका वडा नम्बर १२, १३ र १४ वडामा निषेधाज्ञा लागू गरिएको छ । लुम्बिनीको बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा लागू भइसकेको छ भने बर्दियामा आंशिक मात्र रहेकोमा २० वैशाखदेखि जिल्लाभरि नै लागू गर्ने निर्णय भइसकेको छ । 

कर्णालीका सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोटमा जिल्लाभर तथा कालिकोटको खाँक्राचक्र गाउँपालिकाको वडा नम्बर ११ मा मात्र निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा जिल्लाभर तथा दार्चुलाको मार्मा गाउँपालिका, व्यास गाउँपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकाको अधिकांश वडामा निषेधाज्ञा जारी गरिएको छ ।