१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १२:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकको समृद्धिका लागि ठूला भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ: मन्त्री नेम्बाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ११ शनिबार १२:५५:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मुलुकको समृद्धिका लागि ठुल्ठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठुल्ठूला भाैतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन् ।

नेपाल सरकारले बोकेको राष्ट्रिय आकांक्षा पूरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए । अहिले मुलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेकाले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकास गर्नुपर्ने पनि बताए । 

मूलुकमा निर्माण हुने ठुल्ठूला भौतिक पूर्वाधारको निर्माणलाई तीव्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरूविना सम्भव नभएको पनि बताए ।