थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर मृत्यु भएको हो । मेसिनको नजिकै रहेकी मल्ल आफूले लगाएको कपडा बेरिएर मेसिनमा च्यापिएको प्रहरीले जनाएको छ । 

मेसिनमा च्यापिएकी मल्लको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । मेसिनमा च्यापिएकी मल्लको शरीर नै पेलिएको उनले बताए । उक्त थ्रेसर सोही ठाउँका ईश्वर शाहीको रहेको र उनलाई प्रहरीले पक्राउ गरेको छ । चालक भने फरार रहेको प्रहरीको भनाइ छ । 

See More On

सुझावित समाचार