१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयले भन्यो– धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत देखियो (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार १८:४८:००

सरकारले धान्नै नसक्ने गरी कोरोना संक्रमण बढ्ने संकेत देखिएको भन्दै सचेत रहन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार मात्रै दुई हजार तीन सय  ५१ जना संक्रमित थपिएको र हरेक चार दिनमा संक्रमण दोब्बर भएको भन्दै सचेत रहन आह्वान गरेका हुन् । गौतमले बुधबार पत्रकार सम्मेलन गरी अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला, गोष्ठी, सेमिनार, बैठक, जात्रा नगर्न र नागरिकको जीवनरक्षा गर्ने काममा सहयोग गर्न अनुरोध गरेका छन् ।