१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ३ शुक्रबार १६:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र भारतबीचमा देखिएका समस्या छलफल र संवादबाट हल गर्नुपर्छ : परराष्ट्रमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार १६:२५:oo

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताएका हुन् ।  इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमा लागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गरे । 

उनले भने ‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन । सीमा लगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।’

नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिदैन भन्ने नठानेको पनि स्पष्ट पारे  । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताए । उनले भने ‘भारतसँग कुनैपनि समस्या छन्, तिनिहरुलाई छलफलद्धारा विश्वासका आधारमा समाधान गर्न नसकिने कुनैपनि विषय छन भन्ने हामी ठान्दैनौं । किन भने नेपाल र भारत प्रतिस्पर्धी होइनन । नेपाल र भारत मित्रहरु हुन । प्रतिस्पर्धीहरुकाबीचमा समस्या समाधान गर्न गाह्रो हुन्छ । मित्रहरुकाबीचमा समस्या छन भने समाधान गर्न कुनैपनि गाह्रो हुँदैन ।’

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड विरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताए ।  नेपालका लागि भारतले कोभिड विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताए ।  यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि बताए । उ