
विराट गोल्डकप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै एफिएफ टिम सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा नेपाल पुलिसलाई २–० गोलअन्तरले पराजित गर्दै एफिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा एपिएफका खेलाडी मणिलालले दोस्रो हाफमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । अन्तिम समयमा एपिएफकै खेलाडी अशिष लामाले दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरेका थिए ।
जितसँगै एपिएफले १ वैशाखमा हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । सोमबारको खेलामा दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा नेपाल प्रहरी पछि प¥यो । खेलको ४६औँ मिनेटमा एपिएफका मणि लामा र ९०औँ मिनेटमा सुमन लामाले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए ।
पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको म्यान अफ दी म्याच एपिएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । सशस्त्र प्रहरीका प्रशिक्षक सुदीप श्रेष्ठले खेलाडीहरूको मिहिनेतका कारणले विभागीय टिमलाई हराएको बताए ।
प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरका कारणले गर्दा हार भएको बताए । आयोजकका अनुसार मंगलबारको अन्तिम सेमिफाइनल खेल संकटा क्लब र अफ्रिका क्यारुनबीच हुनेछ ।