मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्छ : तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार १७:१४:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए ।

सही सूचनालाई विश्वभर पुर्‍याउने काममा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए ।  कमी–कमजोरीहरूलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाब दिए । उनले भने,  ‘सही सूचनाहरूलाई दुनियाँभर पुर्‍याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी–कमजोरीहरुलाई सच्याएर अगाडि जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिन सक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरूले सोच्नु भा छ कि ? नभए नि सोचिदिनुहोला ।’

मिडियाबाट आएका समाचारहरूबाट पनि सांसदहरूले आफूलाई सुधार गर्ने गरेको उनले बताए ।  संसद्को गतिविधिहरूलाई जनतासमक्ष पुर्‍याउन पत्रकार तथा मिडियाहरूको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।