Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत १७ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुवाँलोको कारण अवरुद्ध सिमकोट विमानस्थल दुई दिनपछि खुल्यो

Read Time : < 1 मिनेट
२०७७ चैत १७ मंगलबार १४:०३:००

तुवाँलोले अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल दुई दिनपछि सञ्चालनमा आएको छ । तुवाँलो लागेर उडान भर्न नसकेका निजी कम्पनीका जहाजहरूले मंगलरबाट उडान भरेका छन् ।

नेपालगन्जबाट चार फ्लाइट र सुर्खेतबाट दुई फ्लाइट गरी ६ फ्लाइट भएको नागरिक उड्डयन कार्यालय सिमकोटले जानकारी दिएको छ ।

दुई दिन तुवाँलो लागेर अवरुद्ध बनेको सिमकोट विमानस्थल मंगलबारदेखि सञ्चालनमा आएको सिमकोट नागरिक उड्डयन कार्यालय सिमकोटका एयर ट्राफिक कन्ट्रोलर नवराज कटुवालले बताए ।

नेपालगन्ज–सुर्खेतबाट मौसम राम्रो भएपछि बिहानैबाट निजी कम्पनी सीता, तारा, समिट एयरले उडान भरेको एयर ट्राफिक कन्ट्रोलर कटुवालको भनाइ छ । निजी कम्पनीका जहाजहरूले उडान भरेपछि नेपालगन्ज तथा सुर्खेतबाट यात्रु र व्यापारीका सामान, विकास निर्माणका सामानहरू ढुवानीसमेत भएका छन् ।