१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १६ सोमबार
  • Sunday, 29 September, 2024
२o७७ चैत १६ सोमबार o६:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गैँडाकोटमा मुन स्टार होटेल सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत १६ सोमबार o६:४१:oo

चितवन र नवलपुर क्षेत्रका पर्यटहरूलाई लक्षित गरी गैँडाकोट–२, शिलान्यास चोकमा मुन स्टार होटेल सञ्चालनमा आएको छ । होटेल क्षेत्रमा अनुभवी दुई युवाले ११ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याएका हुन् । 

रेस्टुरेन्टमा लगानी गर्दै आएका धु्रव न्यौपाने र जापानमा समेत ४ वटा आफ्नै होटेल सञ्चालन गरिसकेका राम गैरेले उक्त होटेल सञ्चालनमा ल्याएका हुन् । होटेलमा आधुनिक सुविधासम्पन्न बैठक हल, पार्टी प्यालेस, रेस्टुरेन्ट एन्ड बार रहेका छन् ।

सञ्चालक गैरेले भने, ‘सयजनासम्म वास बस्न मिल्ने क्षमता रहेको होटेलमा ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्ने ३ प्रकारका कोठाको व्यवस्था गरिएको छ । एकैपटक करिब १ हजार ५ सयजनालाई सेमिनार, भोजभतेर र पार्टी गर्न सकिने हल होटेलमा छ ।

थ्री स्टार होटेलको लक्ष्यसहित सुरु गरिएको होटेलमा स्विमिङ पुल पनि निर्माण हुने जनाइएको छ । यसअघि धौलागिरि फिल्म हल रहेको ५ कट्ठा ५ धुरमा होटेल सञ्चालन गरिएको हो ।

यहाँबाट धार्मिक तथा पर्यटकीयस्थल मौलाकालिका मन्दिर र देवघाट पुग्न सहज छ । न्यौपानेले भने, ‘गैँडाकोटमा पर्यटनको प्रचुर सम्भावना देखेर नै ५ वर्षको अध्ययनपछि हामीले यहाँ होटेल शुभारम्भ गरेका हौँ ।’ होटेलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वादसँगै नेपाली, चाइनिज, इन्डियन, थाईलगायत एसियन खानाको सुविधा पाउने न्यौपानेले बताए ।