१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १० मंगलबार
  • Wednesday, 26 June, 2024
मोहन विष्ट कञ्चनपुर
२o७७ चैत १० मंगलबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची–महाकाली अभियान

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ चैत १० मंगलबार १६:४७:oo

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची–महाकाली अभियान सुरु भएको छ । कञ्चनपुरस्थित महाकाली नदी तटीय क्षेत्र दोधारा–चाँदनीबाट अभियानको सुरुवात भएको हो । मंगलबार एक कार्यक्रमबीच धुर्मुस सुन्तली फाउन्डेसनद्वारा आयोजित अभियानको उदघाटन दोधारा–चाँदनी नगरका मेयर वीरबहादुर सुनारले गरे । 

मेयर सुनारले राष्ट्रव्यापी अभियानमा नगरका तर्फबाट सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माता एव धुर्मुस सुन्तली फाउँडेशनका सञ्चालक सीताराम कट्टेलले आर्थिक अभाव भएकै कारण संकलनका लागि मेची–महाकाली अभियानको गर्नुपरेको बताए । 

सबै नेपालीलाई जोड्ने अभियान भएको बताउँदै उनले पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म अभियान सञ्चालन गरिने बताए । ‘सबै नेपालीको चाहनाअनुरूप काम गरिरहेका छौँ,’ उनले भने, ‘साझा भावना र एकताका लागि रंगशाला निर्माणमा जुटेका हौँ ।’

खेलमैदान मात्र नभई अवलोकनका लागि समेत रंगशाला निर्माण गरिरहेको बताउँदै उनले धार्मिक, ऐतिहासिक रूपमा नेपालीलाई जोड्ने बताए । धुर्मुसले महाकाली, मेची र लुम्बिनीको माटो लिएर रंगशालामा राखिने बताए । ‘७७ वटै जिल्ला र सातै प्रदेशका छुट्टाछुट्टै स्टेडियम र सबै प्रदेशको पहिचान हुने प्रतीक पनि राख्छौँ,’ धुर्मुसले भने, ‘यो सबै नेपालीको साझा रंगशाला बन्नेछ ।’ 

अभियानको मूल उदेश्य आर्थिक सहयोग संकलन भएको बताउँदै उनले डिपिआरअनुरूप ३ अर्ब ५५ करोड खर्च लाग्ने बताए । गत आर्थिक वर्ष ०७६÷७७ देखि काम सुरु भएको थियो । १६ माघ ०७५ सालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो । 

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप २२ बिघा क्षेत्रफलमा निर्माण हुने रंगशालाको काम ३० प्रतिशत सकिएको बताउँदै धुर्मुसले ४४ करोड खर्च भइसकेको बताए ।

ad
ad
ad
ad