मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १ आइतबार
  • Thursday, 19 December, 2024
२o७७ चैत १ आइतबार o९:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ह्वाइट हाउसलाई एलपिएलको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ चैत १ आइतबार o९:५९:oo

विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को उपाधि काठमाडौंको हिमालयन ह्वाइट हाउसले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा साबिक विजेता धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनको भारी अन्तरले पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो । उपाधिसँगै उसले एक लाख २० हजार प्राप्त गरेको छ । उपविजेता लिटल फ्लावरले ६० हजार प्राप्त गर्‍यो ।

संघीय प्रहरी कार्यालयको खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ७० र सतिश यादवले २९ रन बनाए । 

जवाफमा घरेलु टोली लिटल फ्लावर १७.३ ओभरमा ८७ रनमै समेटियो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडूले अविजित रहँदै १४ रन बनाए । ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरूप श्रेष्ठले २ विकेट लिए । लिटल फ्लावरका राजकुमार शाहले ५ विकेट लिएका थिए । 

हिमालयनका गजेन्द्र बोहरा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसबापत उनले १० हजार प्राप्त गरे । शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, हिमालयनका सन्दीपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही ५–५ हजार प्राप्त गरे ।