मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
२०७७ फाल्गुण १७ सोमबार ०९:४१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १७ सोमबार ०९:४१:००

फ्लु, रुघाखोकी र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अझ मौसम परिवर्तन (चिसो सकिने वेला)का वेला देखिने स्वास्थ्य समस्या रोक्न खानपानको झनै महत्वपूर्ण भूमिका रहन्छ । शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक खानपानमा बढी नै ध्यान दिनुपर्ने हुन्छ । मौसम परिवर्तनका वेला खानपानमा निम्न तत्व समावेश गर्न पोषणविद्हरूको सुझाब छ :

भिटामिन सीयुक्त खाद्य पदार्थ
भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । भिटामिन सी पाउन सुन्तला, निबुवा, किबी, पालुंगोको साग आदि खान विज्ञहरूको सुझाब छ । 

प्रोटिनको खपत बढाउने 
शरीरको क्यालोरी खपत गर्ने मुख्य माध्यम प्रोटिन हो । बिहान–बेलुकी चिसो हुने हुँदा यो मौसममा धेरैजसोले दैनिक व्यायाम गर्दैनन् । जसका कारण शरीरको क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्न धेरै खानेकुरा खाँदा शरीरमा आवश्यकभन्दा बढी क्यालोरी जम्मा हुन्छ । यो क्यालोरी सन्तुलनमा ल्याउन प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनयुक्त खाद्य पदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइन्छ र क्यालोरी नियन्त्रणमा आउँछ । 

तातो खानेकुरा खाने
दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्तो मौसममा तातो खाना सेवन गर्दा शरीरको तापक्रम एक्कासी घटबढ हुँदैन । शरीरमा ऊर्जा बढाउनका लागि समेत तातो खानेकुुरा खानुपर्छ । 

प्रशस्त पानी पिउने
चिसो पूर्ण रूपमा हटिनसकेका कारण यसवेला धेरैले पानी कम पिउँछन् । जसले छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गाैलामा पत्थरी हुने जोखिम बढाउँछ । शरीरमा पानीको मात्रा कम हुन सक्ने जोखिमबाट बच्न दैनिक कम्तीमा ६ गिलास पानी पिउनुपर्छ । 

फलफूल र तरकारी
नियमित खानामा फलफूल र तरकारीको मात्रा बढाउनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले स्वस्थ खानपान गर्नुपर्छ । अत्यधिक चिसो, मसला, प्रशोधित खाना, स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले रोगप्रतिरोधी क्षमता बढाउनुका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न मद्दत गर्छ । 
 एजेन्सीको सहयोगमा