मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १३ बिहीबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १३ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादन गर्न भर्टेक्स ग्लोबलले सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १३ बिहीबार १o:o६:oo

नेपालमा भारतीय लगानी तथा प्रविधि भित्र्याउनुका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन भारतको बिओपी कम्पनी भर्टेक्स ग्लोबल सर्भिसेज इन्डिया र नेपाली कम्पनीहरूबीच समझदारी भएको छ । बुधबार काठमाडौंमा भएको सम्झौतापत्रमा भर्टेक्स ग्लोबल र नेपालका कम्पनीहरू आइडा कन्सल्टिङ, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी, टिम भर्टेक्स सर्भिस नेपालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपालको स्पर्श एजुकेसनल फाउन्डेसन र भारतको आइटी–आइटिइएस सेक्टर स्किल्स काउन्सिल, नोइडाबीच स्किल टेस्टिङको क्षेत्रमा सहकार्य गर्ने सहमति पनि भएको छ । 

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को पहलमा नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न सम्झौता भएको हो । विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेर प्रतिस्पर्धी बनाउने भर्टेक्स ग्लोबलको लक्ष्य रहेको निक्कीकी अध्यक्ष सिर्जना राणाले बताइन् ।

उनले भनिन् ‘नेपाली युवाहरूलाई विश्वका सूचना प्रविधिका उद्योगको मागबमोजिम तालिम उपलब्ध गराउन सहयोग गर्नुका साथै रोजगारी उपलब्ध गराउन पहल गर्नेछ ।’ दुई देशबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै उनले आगामी दिनमा यसतर्फ ध्यान दिने प्रतिबद्धता जनाइन् । मागबमोजिमको नेपाली युवामा दक्षताको अभाव हुँदा विश्व बजारमा प्रतिस्पर्धी बनाउन र उनीहरूको आय वृद्धिमा सहयोग पुग्ने उनले बताइन् । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले  विश्वका सबै क्षेत्रमा परिवर्तन आइरहेको बताउँदै अबको शिक्षा युवा दक्षता अभिवृद्धिमा केन्द्रित हुनपर्ने बताए । भारतीय दूतावास कमर्स विङका प्रथम सचिव अभिषेक उपाध्यायले सन १९९० को दशकदेखि नै भारत सूचना तथा प्रविधिका साथै ई–कमर्स, आर्टिफिसियल इन्टेलिजेन्सलगायतको क्षेत्रमा निरन्तर अघि बढ्दै गइरहेको बताए ।