मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण ११ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ११ मंगलबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ११ मंगलबार १४:o७:oo

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको प्रस्ट पारेका छन् । खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका छन् । उनले राजीनामा दिने सोचसमेत नरहेको बताए । 

पत्रकारसँग कुरा गर्दै खरेलले भने, ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताबारे सधैँ अगाडि रहेर आवाज उठाइराखेको, तर आफ्नो राजीनामाबारे एकपटकसमेत नसोधी समाचार आउँदा दुःख लागेको उनले बताए । उनले भने, ‘जिम्मेवार प्रेसले महान्यायाधिवक्तासँग नसोधीकन राजीनामाको विषयमा समाचार बनाएकोप्रति मेरो गम्भीर चासो, सरोकार छ र यसप्रति म दुःख व्यक्त गर्छु ।’

महान्यायाधिवक्ताले राजीनामा गर्‍याे भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधी समाचार सम्प्रेषण गरेको उनले बताए । अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउन चाहनेहरूबाट यस्तो हल्ला आएको पनि खरेलले बताए । 

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहेको उल्लेख गर्दै खरेलले मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको जिकिर गरे । उनले भने, ‘अहिलेको परिस्थितिलाई आफूअनुकूल बनाउने पनि कसैको कोसिस हुन सक्छ । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कोसिस पनि हुन सक्छ । सरकारको लडाइँलाई कमजोर बनाउने पनि हुन सक्छ । लेखिएको रहेछ कतै प्रधानमन्त्री असन्तुष्ट रहनुभयो महान्यायाधिवक्ता कार्यालय र सरकारी वकिलबाट गरिएको डिफेन्सलाई लिएर । जब कि प्रधानमन्त्रीले मलाई बोलाएरै करिब ६-७ दिनको बहसको कतिपय पाटापक्षलाई उहाँले सुनेर तपाईंहरूले राम्रो गर्नुभएछ भनेर बधाई छ, धन्यवाद छ, परिणाम आफ्नो ठाउँमा छँदै छ । तर, जे भए पनि तपाईंहरूको तर्फबाट गरिने डिफेन्स राम्रो ढंगले भयो । हामीले आशा गरेकै परिणाम सकारात्मक हुन सक्छ भन्ने कुरा उहाँले मलाई भन्नुभएको थियो ।’