१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २४ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड–माधव समूहले भ्रम फैलायो : रामबहादुर थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३१:oo

नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरे । 

प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको उनले बताए । जनतामा जानु लोकतान्त्रिक कदम भएको उनको जिकिर छ । 

थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ । देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ । 

थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए ।

देश द्रुत गतिमा समाजवाद र समृद्धिको दिशातर्फ अगाडि बढेको थापाले दाबी गरे । तीन वर्षको कार्यकालमा सुशासनलाई सुदृढ गर्ने काम सफलतापूर्वक गरेको पनि थापाले जिकिर गरे ।

ad
ad