मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १७:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको दाबी– सरकारले संविधान मिच्दैन, मिच्न पनि दिँदैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १७:०४:००

प्रधानमन्त्री केपी ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न पनि नदिने बताएका छन् ।

सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने ओलीको भनाइ छ । उनले भनेऽ ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन, जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन, भ्रष्टाचार गर्दैन र गर्न दिँदैन, सुशासन कायम गरेर छोड्छ, अपराधहरूलाई नियन्त्रण गर्छ  आमदाजुभाइ तथा दिदीबहिनीलाई आश्वस्त पार्न चाहन्छु ।’

ओलीले निर्वाचनको तयारीमा लाग्न आग्रह पनि गरे । देशलाई अस्थिरताबाट जोगाउन ताजा जनादेश आवश्यक भएको उनले बताए ।