१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ०९:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

उच्च रक्तचाप नियन्त्रण गर्ने पाँच उपाय

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ०९:५०:००

धेरैजसोले ब्लड प्रेसर (उच्च रक्तचाप) लाई सामान्य ठान्छन्, तर उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैलीमा हेलचेक्र्याइँ गरे गम्भीर दुर्घटनाको सामना गर्नुपर्ने पनि हुन सक्छ । विश्वमा हरेक वर्ष उच्च रक्तचापकै कारण लाखौँ मानिसले ज्यान गुमाइरहेका छन् । तर, चिकित्सक र पोषणविद्हरूको परामर्शअनुसार खानपान र जीवनशैली बदल्ने हो भने उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । विज्ञहरूले उच्च रक्तचाप नियन्त्रण गर्न निम्न पाँच उपाय सुझाएका छन् । हेरौँ रक्तचाप नियन्त्रण गर्ने उपाय :
१. तौल घटाउने
उच्च रक्तचाप भएका व्यक्तिहरूमा तौल बढे श्वासप्रश्वासमा समस्या हुन सक्छ । सास लिन गाह्रो हुँदा झनै प्रेसर बढ्छ । यसकारण उच्च रक्तचाप भएका व्यक्तिले तौल नियन्त्रणमा राख्नुपर्छ । तौल कम भए उच्च रक्तचाप पनि कम हुन्छ । 
२. नियमित व्यायाम
नियमित  व्यायाम गर्दा पनि ब्लड प्रसेर घटाउन सकिन्छ । प्रत्येक साता कम्तीमा १ सय ५० मिनेट मात्र अभ्यास गर्दा पनि उच्च रक्तचाप कम हुन्छ । नियमित अभ्यासले उच्च रक्तचाप नियन्त्रण र सन्तुलन बनाइराख्न मद्दत गर्छ । जस्तो कि एरोविक वा जगिङले पनि ब्लड प्रसेर कम गर्न सहयोग गर्छ । 
३. स्वस्थकर भोजन 
शरीर स्वस्थ्य राख्ने महत्वपूर्ण पक्ष भोजन पनि हो । फलफूल, हरियो सागसब्जी तथा कम फ्याट भएको खानेकुरा खाँदा उच्च रक्तचाप नियन्त्रणमा आउन सक्छ । साथै पोटासियमयुक्त खाना खाँदा पनि उच्च रक्तचाप कम हुन्छ । यद्यपि, यस किसिमको भोजन सधैँ खान मन नपर्न सक्छ । तर, उच्च रक्तचाप नियन्त्रण गर्न यो नियम पालना गर्न विज्ञहरूको सुझाब छ । पोषणविद्हरूले नियमित खानाको चार्ट बनाउन पनि सुझाब दिएका छन् । 

४. सोडियमयुक्त खाना कम गर्नुहोस्
उच्च रक्तचाप नियन्त्रण गर्ने अर्को उपाय सोडियमयुक्त खाना कम गर्नु पनि हो । यसकारण सकेसम्म बजारमा पाइने पेय पदार्थहरू कम खाने, प्रशोधन गरिएका खाना कम खाने, कम नुन भएका खाना खाने बानी बसाल्नुपर्छ । एक चम्चा नुन थप्दा पनि शरीरमा २३ सय मिलिग्राम सोडियम बढ्छ । 

५. कागती, सुन्तला तथा अंगुर खाने
उच्च रक्तचाप भएका व्यक्तिले डाइट चार्टअनुसार कागती, सुन्तला तथा अंगुर (अमिलो) लगायका खाना खाने गर्नुपर्छ । यस्ता खानाले उच्च रक्तचाप नियन्त्रणमा राख्छ । यस किसिमका फलफूल तथा खानामा भिटामिन, मिनरल्स तथा प्लान्ट कम्पाउन्ड तत्व रहेको हुन्छ । जसले मुटुलाई राम्रो बनाउँछ । 
 एजेन्सीहरूको सहयोगमा