१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिराहामा प्रदेश २ कै आधुनिक चामल उद्योग सञ्चालन, ४० करोड लगानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:४६:oo

सिराहाको धनगढीमाई नगरपालिका–९, मुसहर्नियामा करिब ४० करोड लगानीमा कौशल एग्रो राइस मिल सञ्चालनमा आएको छ । प्रदेश २ कै आधुनिक चामल उद्योगको वित्तीय साझेदार एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले संयुक्त उद्घाटन गरेका छन् । उद्योगमा जडान गरिएको आधुनिक प्रविधिबाट दैनिक ५० टनभन्दा बढी उसिना–चामल उत्पादन गर्न सकिने सञ्चालक महेश साहले बताए । 

गोलबजार उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्चालक साहले उद्योग प्रविधि र उत्पादन क्षमताका आधारमा प्रदेश २ को वीरगन्जपछि दोस्रो रहेको बताए । ‘यो प्रविधि धान उसिन्ने, सुकाउने अनि चामल बनाउने होइन, उसिन्ने प्लेटमा हालेपछि उपकरणले नै सुकाएर एकैपल्ट चामल भएर निस्कने हो ।’ उपकरणमार्फत धान उसिनेर सुकेपछि एकैपल्ट चामल निस्किने प्रविधि जडान गर्न खर्चिलो भए पनि त्यसबाट मानवीय श्रम घट्नुका साथै चामलको गुणस्तर कायम हुने उनको दाबी छ । 

उद्योग सञ्चालनसँगै स्थानीय दक्ष तथा अदक्ष सयौँ व्यक्तिले रोजगारी पाउनेसमेत साहले उल्लेख गरे । ‘यो उद्योग कृषिसँग जोडिएकाले स्थानीय किसानको उत्पादन खपत गर्छौँ नै, स्थानीयस्तरमै रोजगारी दिन्छौँ,’ उनले भने ।

ad
ad