मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २२ बिहीबार १९:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आमहडताल पूर्ण सफल : प्रचण्ड–माधव समूह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २२ बिहीबार १९:१०:००

नेकपा प्रचण्ड–माधव समूहले आमहडताल पूर्ण रूपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहीबार साँझ प्रेस वक्तव्य जारी गरेर आमहडताल सफल बनाउने क्रममा प्राप्त जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धताका लागि जनसमुदायलाई धन्यवाद र आभार व्यक्त गरेका छन् । 

श्रेष्ठले आमहडतालका क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको र शान्तिपूर्ण आमहडतालमा दमन गरिएको भन्दै भत्र्सना पनि गरेका छन् । आमहडताल असफल पार्न सरकारले नियोजित मुठभेड निम्त्याउन खोजे पनि सचेत प्रयत्नमार्फत विफल पारिएको उनको दाबी छ ।

‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुराशययुक्त प्रयत्नको बाबजुद आजको आमहडताल शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।’

आमहडतालमा प्राप्त जनसमर्थनले उत्साहित बनाएको र संघर्षका माध्यमबाट प्रतिगामी कदमहरूलाई पराजित गर्न आमजनसमुदायलाई आन्दोलनमा गोलबन्द हुन पनि श्रेष्ठले आह्वान गरेका छन् । २८ माघमा काठमाडौंमा हुने बृहत् जनप्रदर्शनमा सक्रिय समर्थन र सहभागिताका लागि पनि श्रेष्ठले अपिल गरेका छन् ।