१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २१ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २१ बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एमजीको एसयुभी  ‘एचएस’ नेपालमा बुकिङ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २१ बुधबार o७:३४:oo

एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी एचएस प्रिमियम एसयुभीको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयका लागि ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो । 

एमजी एचएस निकै सुरक्षित एसयुभी रहेको कम्पनीको दाबी छ । सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको एचएसमा अगाडि ड्युल र साइड कटन एयरब्याग दिइएको कम्पनीले जनाएको छ । कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्र्यापसहितको पानारोमिक सनरुफ रहेको जनाइएको छ ।

त्यस्तै, ६ तरिकाबाट आफूअनुकूल बनाउन सकिने ड्राइभिङ सिट, चार तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुवै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिररजस्ता फिचर यसमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

यसमा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको जनाइएको छ । जसमा एप्पलको र एन्ड्रोइडको प्ले अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णतः लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको कम्पनीको दाबी छ । 

एमजी एचएसमा १.५ लिटर टर्बो इन्जिन रहेको छ । यसले अधिकतम ५६०० आरपिएममा १५२ पिएस पावर र १७०० देखि ४४०० आरपिएममा २५० एनएमपिक टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा ७ स्पिड डिसिटी गियरबक्स रहेको छ । कालो, सेतो र रातो कलरमा आउने गाडी अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने कम्पनीले जनाएको छ ।