मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २० मंगलबार
  • Tuesday, 15 July, 2025
२o७७ माघ २० मंगलबार १२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापना र निर्वाचन दुवै स्थायी समाधान हाेइन : महतो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ २० मंगलबार १२:१५:oo

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसद्  पुनर्स्थापना  र निर्वाचन दुवै समस्याको स्थायी समाधान नभएको बताएका छन् । अहिलेको संविधान  सबै नागरिकले स्विकार्ने अवस्था नरहेकाले जनता समाजवादी पार्टी  संसद् पुनर्स्थापना र निर्वाचन दुवैको पक्षमा नरहेको स्पष्ट पारे । 

जनता समाजवादी पार्टीले झापाको दमकमा मंगलबार  बिहान आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले संसद् पुनर्स्थापनाबाट प्रतिगमनकारी नेतृत्व फेरि पनि स्थापित हुने दाबी गरे । ‘विगतमा पनि राजाले प्रतिगमन गरेकै हुन् । अहिले पनि केपी ओली नयाँ राजा पैदा भएर प्रतिगमन गरे,’ उनले भने, ‘संसद् पुनर्स्थापना भए पनि अर्को केपी ओली आउँछ । चुनाव भए पनि अर्को केपी ओली पैदा हुन सक्छ र प्रतिगमन हुन्छ । यो तबसम्म हुन्छ जबसम्म यो देशमा सबैको लागि संविधान बन्दैन । सबैको लागि शासन स्थापित हुँदैन ।’ 

प्रधानमन्त्री केपी ओलीले संसद् विघठन गरेर संविधान र लोकतन्त्रमाथि गम्भीर खतरा पैदा गरेको महतोको आरोप छ । ओलीले संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको उनको भनाइ थियो ।

उनले संविधानमाथि यो दोस्रोपटक प्रतिगमन भएको दाबी गरे । पहिलोपटक कांग्रेस, तत्कालीन एमाले र माओवादीले पहिचानवादी दलहरूका माग सम्बोधन नगरी संविधान जारी गरेर प्रतिगमन गरेको बताए । ‘हामी सडकमा संघर्ष गर्दै थियाैँ । गोलीको भरमा संविधान जारी गरियो । यो संविधान ९९ प्रतिशत जनतालाई पाखा लगाउँदै एक प्रतिशत नश्लीय चिन्तन भएकाले बनाएको हो,’ उनले भने, ‘नश्लीय चिन्तन र सोचले देशमा अशान्त हुन्छ । आन्दोलन हुन्छ किनकि आफ्नो पहिचान र अधिकार कोही गुमाउन चाहँदैन ।’