मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Thursday, 19 December, 2024
तिवारी यादव वीरगन्ज
२o७७ माघ १५ बिहीबार १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगी विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार १७:o३:oo

कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति संयोजक रहेका चौधरीले गरिखाने अभियान अगाडि बढाउन लागेका हुन् । 

नेपाली जनतालाई गरिखाने बाटोमा लैजाने र पछि उनीहरूलाई हुनेखाने बनाउने योजना रहेको उद्योगी चौधरीले बताए । 

वीरगन्जमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले नेपालीको जीवनस्तर रूपान्तरण गर्ने गरी गरिखाने योजना ल्याइएको बताए । कोभिडको व्यावहारिक कठिनाइसँगै अर्थतन्त्र र नेपाली आमजीवनमा पारेको प्रभावको विश्लेषण गर्दै यो अभियानले निकास दिने लक्ष्य राखेको उनले बताए । 

उनले भने, ‘म्यानेजर मात्रै नभएर उद्योगीहरूलाई समेत अगाडि बढाउने मानसिकता राखेर युवा पुस्ता अघि बढ्नुपर्छ । ६ महिनामा कोभिडबाट व्यावहारिक कठिनाइहरू सिर्जना भए । त्यसको हामीले सामना गरिसकेका छौँ । खासगरी बेरोजगारी समस्या, आपूर्ति र उत्पादन, माग र उत्पादनबीचको खाडल आफ्नै राष्ट्रभित्र पूर्ति गर्ने उद्देश्य अभियानको छ ।’

प्रत्येक जिल्लामा अभियान सञ्चालन गर्ने सोच राखेको उनले बताए । ‘उद्यम र व्यवसायको रूपमा सबैभन्दा अगाडि वीरगन्ज छ, यहीँबाट हामीले अभियान सुरु गरेका छौँ । यो अभियान हरदृष्टिले अगाडि बनाउने क्रान्ति हो । राजनीतिका बीचमा पनि गरिखानेहरूको वर्चश्व हुनुपर्छ,’ उनले भने ।  सातवटै प्रदेशमा स्थायी संरचना बनाउने अभियानसँगै प्रदेश २ को वीरगन्जमा पहिलो छलफल गरिएको उनले बताए ।