मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ बस्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । ३५ वर्षीय इलिहास मन्सुरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बेलबारी– २ लालभित्तीमा रहेको चिनारी इंग्लिस स्कुलमा ग्रिलको गेट बनाउने क्रममा करेन्ट लाग्दा मन्सुरी घाइते भएका थिए ।
घाइते भएका मन्सुरीको उपचारको क्रममा विराट नर्सिङहोम विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।