१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १३ मंगलबार
  • Saturday, 05 July, 2025
२o७७ माघ १३ मंगलबार o८:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शौचालयमा लुकाएको गाँजासहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १३ मंगलबार o८:१o:oo

सिराहाको मिर्चैयामा प्रहरीले शौचालयमा लुकाएर बिक्री–वितरण गरिरहेको अवस्थामा तयारी र काँचो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो मिर्चैया नगरपालिका–९ का रणबहादुर श्रेष्ठको घरमा रहेको शौचालयमा लुकाएर बिक्री–वितरण गरिरहेको अवस्थामा चार किलो तयारी र २१ किलो काँचो गाँजासहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्पबाट खटिएको संयुक्त प्रहरी टोलीले धनुषाको कमला नगरपालिका–८ बस्ने ३३ वर्षीय सञ्जीव मण्डल, शम्भु यादव र १८ वर्षीय दिपेन्द्र रायलाई पक्राउ गरेको छ । 

उनीहरूसँग भएको स.६प ३८६५ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी पुगेलगत्तै घरधनी श्रेष्ठ फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।