मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ८ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७७ माघ ८ बिहीबार o९:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

होटेलमा परीक्षा लिने तीन शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ८ बिहीबार o९:१३:oo

परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा विद्यार्थीको परीक्षा लिएको आरोपमा पोखराको एक विद्यालयका प्रधानाध्यापकसहित तीनजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीको होटेलमा लगेर परीक्षा लिएको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक एवं परीक्षा केन्द्राध्यक्ष सूर्य तिवारी, विद्यालयका शिक्षक एवं सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मी र विद्यालयका अर्का शिक्षक शिरीषकुमार बस्ताकोटी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले बताए । 

उनीहरूविरुद्ध राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले जाहेरी दिएको जनाएको छ । तीनजनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको डिएसपी हमालले बताए । तीनैजनाको मिलेमतोमा कक्षा ११ का एक विद्यार्थीको पोखराको होटेलमा परीक्षा लिएको आरोप लागेको छ ।