हुम्ला फुटबल एकेडेमीलाई खेलकुद सामग्रीसहित नगद सहयोग प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि काठमाडौंको कैलाश ट्रिपका सबिन घिमिरे र अर्का काठमाडौंनिवासी कृष्ण श्रेष्ठले बीसवटा फुटबल र दुई थान पम्प सहयोग गरेको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए ।
यसैगरी काठमाडौंकी गौरी थापाले पाँच हजार, दाङबाट सर्भेश शर्माले पाँच हजार, डोल्पाबाट सुरज उपाध्यायले पाँच हजार एक सय, बेलायतबाट रवि श्रेष्ठ र प्रकाश प्रधानले चार सय डलर तथा काठमाडौंबाट पदम रानामगरले पाँच हजार र अध्यक्ष विष्णु रावतले तीस हजार नगद सहयोग गरेका छन् ।
आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा एकेडेमीले खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको छ ।