१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ३ शनिबार
  • Saturday, 05 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ माघ ३ शनिबार १२:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै नेतृत्वलाई ढुलमुले चरित्र त्यागेर प्रतिगमनविरुद्धको आन्दोलनमा केन्द्रित हुन नेता कोइरालाको आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ माघ ३ शनिबार १२:४३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ढुलमुले चरित्र परित्याग गरेर नेपाली कांग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

शनिबार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा बोल्दै नेता कोइरालाले व्यक्त्तिगत स्वार्थमा ढुलमुलिँदा देश र राष्ट्रको भविष्य संकटमा पर्ने भएकाले प्रस्ट भएर प्रतिगमनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेस लाग्नुपर्नेमा जोड दिएका हुन् । 

उनले प्रस्टसँग भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो
षड्यन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’ 

डा. कोइरालाले  प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकाले अब कांग्रेसले अदालतको फैसलालाई नपर्खीन प्रस्ट भएर मानवअधिकारवादी र नागरिक समाजलाई समेत साथमा लिएर आन्दोलनमा जान ढिला गर्न नहुने बताए । 

नेता कोइरालाले कांग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकाले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको, तर अदालतको बहानामा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन कहिल्यै नचाहेको प्रस्ट्याए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नबोल्न पार्टीमा रुलिङ गरेको, तर आफूहरूकै कारण उहाँ  प्रम ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी हो भनेर बुझ्न र बोल्न बाध्य भएको दाबी गरे । 

उनले सभापति देउवाकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भइसकेपछि  विरोधमा  सशक्त भूमिका खेल्न नसकेको आरोप लगाए । 

नेता कोइरालाले भने ‘मुख्य प्रतिपक्षी दल भएर हामी कांग्रेसले पनि खेल्नुपर्ने जति आफ्नो भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौँ, तर अब सबै एक भएर अगाडि बढ्नैपर्छ ।’ 

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको उनले आरोप लगाए । 

ओलीले सर्वेसर्वा हुन प्रयत्न गरिरहँदा सबै कुरा सहँदै जानु सबैभन्दा ठूलो गल्ती भएको उनको भनाइ छ ।

उनले सभापति शेरबहादुरलाई लक्षित गर्दै भने, ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनुभयो, यसैले सुरुदेखि नै खेल्नुपर्नेजति भूमिका कांग्रेसले खेल्न सकेन, हुनुपर्नेजति आन्दोलन पनि भएन, कांग्रेस अलमलमा परिरह्यो ।’