Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १ बिहीबार ०६:०८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
२०७७ माघ १ बिहीबार ०६:०८:००

ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभाले आव २०७६/०७७ को कुल मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लाभांशमध्ये १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद प्रदान गरिने भएको हो । 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने जनाइएको छ । 

सञ्चालक समितिको अध्यक्षमा पुनः ढकाल 
साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । अन्य सञ्चालक सदस्यमा संस्थापकतर्फबाट क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी तथा सर्वसाधारणतर्फबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल निर्वाचित भएको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले बुधबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएको बैंकले जनाएको छ ।