मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष २७ सोमबार
  • Friday, 11 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७७ पौष २७ सोमबार २१:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजेन्द्र महतोको दाबी– विभेदपूर्ण संविधानका कारण निरंकुश तानाशाह ओली प्रवृत्तिको जन्म

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७७ पौष २७ सोमबार २१:२१:oo

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पटक–पटक विभेदपूर्ण संविधान आएकाले निरंकुश ओली प्रवृत्तिको जन्म भएको दाबी गरेका छन् । सोमबार जनकपुरधाममा जसपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतोले पछिल्लो ७० वर्षमा नेपालमा धेरैपटक संविधान आए पनि मधेसी, थारू, जनजाति, मुस्लिमलगायतका पछाडि पारिएका समुदायका हकअधिकार सम्बोधन नगरेकोले मुलुकमा पटक–पटक ओली प्रवृत्तिजस्ता निरंकुश तानाशाहको जन्म हुने गरेको बताए । 

‘बन्दुकको बलमा ल्याएको संविधान विभेदपूर्ण थियो,’ महतोले भने, ‘त्यतिवेला पनि सीधासाधा मधेसी जनतामाथि गोली चलाएर संविधान जारी गरियो, प्रतिगमन गरियो र अहिले आएर प्रतिनिधिसभा नै विघटन गरी प्रधानमन्त्री ओलीले प्रतिगमनमाथि थप प्रतिगमन गरे । यस हिसाबले ओली प्रतिगमनका ठूला नाइके बनेका छन् ।’ 

प्रतिनिधिसभा पुनस्र्थापना वा निर्वाचन जे भए पनि संविधान संशोधन नभएसम्म विभेदपूर्ण संविधान रहिरहने महतोले बताए । शासन र संविधानमा विभेद रहेसम्म मुलुकको विकास निर्माण नहुने महतोको भनाइ थियो । ‘अमेरिकाजस्तो मुलुकमा दुई सय वर्षसम्म एउटै संविधानले काम चलिरहेको छ, छिमेकी मुलुक भारत पनि एउटै संविधानले विकास निर्माणमा अगाडि बढिरहेको छ,’ महतोले भने, ‘तर, हाम्रो देशमा सातवटा संविधान बनाइयो, तर पनि देशले विकास निर्माणमा गति लिन सकेन । यसको कारण कहिले खोजेका छौँ ?’

कार्यक्रममा जसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले संविधानमै नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संघीयता, गणतन्त्र र समावेशितालाई धरापमा पारेको बताए ।