१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २५ शनिबार १५:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लाख–करोडको कुरै छैन, अर्बमा मात्र हुन थाल्यो भ्रष्टाचार : महत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २५ शनिबार १५:१४:००

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले नेकपाको आन्तरिक लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन् । 

‘प्रचण्ड र माधव नेपाललाई सत्ता नभईनहुने, ओलीजीले कुनै हालतमा नछाड्ने । कोभिड महामारीका वेलासमेत उहाँहरूको ध्यान जनताको उपचारमा भन्दा कुर्सीको झगडामा बित्यो,’ नेता महतले भने, ‘उहाँहरूको सत्ता र शक्तिको लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि ‘कु’ भएको छ, यो सर्वाेच्च अदालतले सच्याउनुपर्छ ।’ 

नुवाकोट क्षेत्र १ (ख) ले गरेको विरोधसभामा बोल्दै सहमहामन्त्री डा. महतले ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए ।

‘अहिले भ्रष्टाचार यति अकासिएको छ कि लाख करोडको कुरै छैन, अर्बको मात्रै हिसाब किसाब हुन्छ, यतिसम्म कि महामारीका वेला औषधि र उपकरण ल्याउँदासमेत उहाँहरूले कमिसन नखाई काम गर्न सक्नुभएन,’ उनले भने । 

उनले कम्युनिस्ठग जनता वाक्क दिक्क भएको बताए । 

‘जनता पछुताइरहेका छन्, अहिले संविधान र लोकतन्त्रमाथि नै प्रहार हुन थालेपछि हामीले कांग्रेसलाई नै निर्वाचित गर्नुपर्ने रहेछ भन्ने अनुभूति जनताले गरेका छन्,’ उनले भने, ‘हामी जनताको भरोसालाई तोड्दैनौँ, सर्वोच्च अदालतले के निर्णय   गर्छ ? त्यसको आधारमा हामीले आगामी बाटो तयार गर्नुपर्छ ।’

उनले सर्वोच्चको फैसला कांग्रेसले स्वीकार गर्ने बताए । 

‘सर्वोच्चले संसद् पुनस्थार्पना गरेन भने हामी निर्वाचनमा केन्द्रित हुन्छौँ । त्यसपछि हामी समयमा चुनाव गर्नका लागि सरकारलाई दबाब दिन्छौँ । हैन, संसद पुनःस्थापना भयो भने पनि हामी संविधानलाई मान्ने पार्टी, हामी स्वीकार गर्छौ । आगामी दुई वर्ष फेरि हामीले कम्युनिस्ट शासल झेल्नुपर्ने हुन्छ,’ सहमहामन्त्री डा.महतले भने ।

उनले प्रतिनिधिसभाविनाको राज्य व्यवस्था परिकल्पना नै गर्न नसकिने बताए । 

‘हामी जनताबाट निर्वाचित भएर आउने कुरामा विश्वास गर्छौ । त्यसैले त कांग्रेसले जनताबाट अनुमोदित भएर आउने व्यवस्था ल्याएको हो,’ उनले भने, ‘जनताले अनुमोदन गरेपछि मात्रै सत्तामा जाने व्यवस्थाका लागि कांग्रेसले ००७ सालदेखि लडेर ल्याएको हो ।’