जसपाका सांसद मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले भने, ‘प्रतिनिधिसभा विघटन एकदमै असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश कायरतापूर्ण र असामयिक कदम हो । आफ्नो पार्टीको अन्तरकलहले सिंगै मुलुकलाई झ्याँगमा पारिदिने ? आफ्नो पार्टीको झगडा मिलाउनु पर्दैनथ्यो ?’
प्रधानमन्त्रीको कदम घरमा श्रीमती, बुबासँग झगडा भो भने घरमा आगो लगाइदिनेजस्तो काम भएको उनको भनाइ थियो ।