१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ ५ शनिबार २o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वमाओवादी पृष्ठभूमिका प्रदेश २ का ६ सांसद ओली समूहमा

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:१४:oo

नेकपाको प्रचण्ड– माधव नेपाल समूहले प्रदेश २ संसदीय दलमा आफ्नो पकड बलियो रहेको दाबी गरिरहेको वेला पूर्वमाओवादी पृष्ठभूमिका ६ सांसदले केपी ओली समूहमा लागेको घोषणा गरेका छन् । बुधबार वीरगन्जमा आयोजित प्रदेश २ स्तरीय ओली पक्षमा भेलामा उनीहरू सहभागी भएका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित तथा तत्कालीन माओवादीका संसदीय दलका नेता रामचन्द्र मण्डलसहित ६ जना प्रचण्ड पक्षधर सांसदहरू ओलीतर्फ लागेका हुन् । मण्डलसँगै सिराहाको निर्वाचन क्षेत्र नम्बर ४(क) बाट निर्वाचित दिलीपकुमार साह, रौतहटको ३ (ख)बाट निर्वाचित कुन्दनप्रसाद कुसवाहा र बाराको ३(क)बाट निर्वाचित ज्वालाकुमारी साह ओली समूहमा लागेका हुन् । 

त्यसैगरी, पूर्वमाओवादीको कोटामा समानुपातिक प्रदेश सांसद बनेका बाराका मोहम्मद समीर र सिराहाका फुलियादेवी सदाय पनि ओली समूहमा लागेका छन् । 

नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साह ओली समूहमा लागेसँगै उनीहरूले पनि प्रचण्ड समूहको साथ छाडेका हुन् । प्रदेश सभामा पूर्वमाओवादी पृष्ठभूमिका ११ र पूर्वएमाले पृष्ठभूमिका २१ सासद छन् ।

ad
ad