मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
रासस/सिन्ह्वा बेइजिङ
२०७७ पौष १२ आइतबार १५:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

चीनमा हरेक पाँचमध्ये एकजनामा उच्च रक्तचाप

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ पौष १२ आइतबार १५:१७:००

चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचाप देखिने गरेको र अरू रोगभन्दा रक्तचापसँग सम्बन्धित समस्याबाट धेरैको मृत्यु हुने गरेको छ । एक अध्ययनअनुसार चीनमा करिब ३० करोड मानिसमा उच्च रक्तचाप छ ।

चीनको राष्ट्रिय कार्डियोभास्कुलर डिजिज सेन्टरका प्रमुख हु सेङसाओले उच्च रक्तचापका बिरामीका लागि चीनमा बर्सेनि करिब चार अर्ब ८८ करोड अमेरिकी डलर खर्च हुने गरेको बताए ।

उच्च रक्तचाप रोकथाम तथा नियन्त्रणसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले चीनमा मृत्यु र अशक्तताको प्रमुख कारकमा रक्तचाप देखिएको बताए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार उच्च रक्तचाप भएमा त्यसले मुटुमा गम्भीर क्षति पुग्ने, हृदयाघात हुने, मुटुले काम गर्न छाड्ने, मुटुको चाल अनियमित हुने, मिर्गौलामा क्षति पुग्ने तथा मुटुका धमनी फुट्ने वा बन्द हुन्छन् । यी गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हृदयाघात हुने सम्भावना बढी हुन्छ । 

चिनियाँ नागरिकमा रहेका दीर्घरोग र पोषणसम्बन्धी हालै गरिएका अध्ययनले १८ वर्ष वा सोभन्दा माथिको उमेरका व्यक्तिमा उच्च रक्तचापका २७.५ प्रतिशत, मधुमेहका ११.९ प्रतिशत तथा उच्च कोलेस्टोरलका ८.२ प्रतिशत रहेको देखाएको छ । 

चीनले उच्च रक्तचाप, रगतमा चिनीको मात्रा बढी भएका र हाइपरलिपिडेमियाविरुद्ध जनवरीदेखि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यी रोग भएका व्यक्तिको उपचार र नियन्त्रणमा सघाउँदै राम्रो व्यवस्थापन गर्ने उपायबारे सचेतना फैलाउने चीनको योजना छ । 

यस कार्यक्रममा आबद्ध एक अधिकारी काई जुनले यस कार्यक्रमले प्रारम्भमा दुई लाखभन्दा बढी व्यक्तिलाई समेट्ने र सन् २०२२ सम्ममा ३४ वटा जिल्ला र काउन्टीमा विस्तार गरिने जानकारी दिए ।