१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिनियाँ राजदूत यान्छीले भेटिन् प्रचण्डलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४५:oo

सत्तारुढ दल नेकपा विभाजन भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । 

आज बिहीबार बिहान उनी ९ बजे प्रचण्डनिवास खुमलटार पुगेकी स्रोतले जनाएको छ । उनी र प्रचण्डबीच झन्डै २५ मिनेट कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ । 

राजदूत यान्छी र प्रचण्डबीच नेकपाभित्र विकसित राजनीतिका विषयमा छलफल भएका बुझिएको छ । 

यसअघि पनि नेकपाभित्रका नेताहरूबीचको अन्तर्संघर्ष तीव्र बनेका वेला चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो । 

नेताहरू आपसमा मिलेर सत्ता सञ्चालन गर्नेतर्फ चीनको प्रोत्साहन हुँदै आएको थियो ।

संसद् विघटन भएपछि नेकपाको दुवै समूहले बेग्लाबेग्लै केन्द्रीय समितिको बैठक बोलाएपछि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी थिइन् । 

त्यस भेटमा चीनमा निर्मित कोरोनाको भ्याक्सिन नेपाललाई दिने भन्नेबारे छलफल भएको भनिए पनि राजदूत यान्छी र राष्ट्रपति भण्डारीका बीचमा नेपालको बदलिँदो राजनीतिक परिदृश्यका बारेमा नै कुराकानी भएको थियो । 

ad
ad