मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ५ आइतबार १६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनको विराेध गर्दै पोखरामा प्रदर्शन, ओलीको पुत्ला दहन 

Read Time : < 1 मिनेट
२०७७ पौष ५ आइतबार १६:५६:००

संसद् विघटनविरुद्ध पाेखरामा सत्तारुढ दल नेकपाकै कार्यकर्ताले विराेध प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारीले महेन्द्रपुलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् । सत्तारुढ दल नेकपाकै कार्यकर्ताले ओलीको पुत्ला दहन गरेका हुन् । 

नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालनिकट विद्यार्थी संगठनले महेन्द्रपुलस्थित विरोध ऱ्याली निकालेपछि पुत्ला दहन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै युवा संघका नेता पूर्ण लामाले सबैखालको प्रवृत्तिलाई पराजय नगरेसम्म अब आन्दोलन नरोकिने बताए । उनले प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थमा संसद् विघटन गर्नु गलत रहेको बताए । 

अनेरास्ववियुका केन्द्रीय सदस्य क्षितिज सापकोटाले गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गरी कोणसभा गर्ने कार्यक्रम रहेको जानकारी दिए । विगतमा राजा, राणा र त्यस्ता प्रवृत्तिसँग लडेर आएको विद्यार्थी आन्दोलनले अब प्रधानमन्त्री केपी ओलीलाई पनि सत्ताबाट हटाउने उद्घोष गरे ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट संसद् विघटन गर्दै वैशाखको १७ र २७ गते निर्वाचनको मिति घोषणा भएसँगै देशैभर विरोधस्वरूप प्रदर्शन हुन थालेका छन् ।