नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै नेपालले अब स्थायी कमिटीमा यस विषयमा छलफल हुने बताएका छन् ।
नेपालले भनेका छन्-
जुन ढंगले उहाँले हठात् अध्यादेश ल्याउनुभएको छ, यो अत्यन्त गलत छ । उहाँले पार्टीलाई त विश्वासमा लिनु भएन–भएन, प्रतिपक्षलाई पनि विश्वासमा लिने काम गर्नुभएको छैन । भरसक यस्ता महत्वपूर्ण विषयहरूमा सर्वसम्मत र त्यसो हुन नसक्दा पनि बहुसंख्यकको समर्थन र विश्वास जितेर मात्र कदम चाल्नुपर्थ्याे, तर त्यसरी विश्वास नजितीकनै एकलौटी ढंगले चल्ने काम अत्यन्तै बेठीक छ । त्यसकारण उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिएर कुनै पनि किसिमको निर्णय गर्नुहुँदैन र विश्वास जित्ने काम गर्नुपर्छ । यी सबै विषयहरूमा भोलिको स्थायी कमिटी बैठकमै हामी विस्तृत ढंगले छलफल गर्नेछौँ ।
अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ, अब स्थायी कमिटीमा छलफल हुन्छ : माधव नेपाल
सुझावित समाचार
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…
संयुक्त राष्ट्रसंघका एआई विज्ञ नेपालमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्…
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
काठमाडौं/ सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि असन्तुष्ट बनेका …
आजका मुख्य १० खबर
एक वर्ष अवधि नपुगी प्रहरी नेतृत्वबाट हटाइए कार्की सरकारसँगको टकराव र अनेक विवादमा मुछिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्क…
मीनेन्द्र रिजाल कसरी तानिए रिजाल क्यानिङ कम्पनीको जग्गा भ्रष्टाचारमा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्रकुमार रिजाल ०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा संघीय मामिला, संविध…
भक्तपुर मालपोतका नासुसँग साढे नौ करोड अकुत सम्पत्ति, भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
काठमाडौं/ विभिन्न मालपोत कार्यालयमा बसेर अकुत कमाएको अभियोगमा अख्तियारले नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार र सम्पत्ति श…