मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १७:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठक सुरु, प्रधानमन्त्रीसहित राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १७:५४:००

संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।  बैठकमा परिषद् अध्यक्ष प्रधानमन्त्री केपी ओलीसहित सदस्यहरू राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागी छन् । 
 

मंगलबार बिहान बोलाइएको परिषद्को बैठकमा गणपूरक संख्या नपुगेपछि परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले साँझ ५ बजेसम्मका लागि परिषद्को बैठक स्थगित गरेका थिए । 

परिषद्को सदस्यमा बहाल रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा भने गएका छैनन् । 

मंगलबारै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले अध्यक्षसहित बहाल रहेकामध्ये बहुमत सदस्यले गणपूरक संख्या पुग्ने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार प्रतिपक्षी दलको नेता र सभामुख नगए पनि बैठकको गणपूरक संख्या पुग्छ । 

अध्यादेशअनुसार बैठकमा उठेका विषयमा सर्वसहमति भए निर्णयसमेत गर्न मिल्नेछ । 

परिषद्को सदस्य रहेका प्रतिनिधिसभाका उपसभामुख पद भने रिक्त छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि सरकारले संवैधानिक निकायहरूमा नियुक्ति गर्न सकेको छैन । १३ वटा संवैधानिक आयोगमध्ये हाल एघारवटामा ४५ पद रिक्त छन् ।