१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ३० मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ३० मंगलबार ११:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख सापकोटा सहभागी नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ३० मंगलबार ११:५७:oo

सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीले बोलाएकाे बैठक कोरम नपुगेपछि स्थगित भएको हो । 

बैठक आजै साँझ ५ बजे बस्ने गरी स्थगित गरिएको छ । संविधानअनुसार संवैधानिक परिषदमा ६ सदस्य रहनेछन् । 

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहनेछन् । 

परिषद्को बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीसहित पाँचजना अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

अहिले प्रधानमन्त्रीसहित पाँचजना मात्रै परिषदमा रहेकाले एकजना अनुपस्थित भए मात्रै पनि बैठक बस्न सक्दैन । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने बैठकका लागि पुगेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ति गर्नुपर्ने भएपछि प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका थिए । 

आइतबार बोलाइएको बैठकमा पनि सभामखु सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक सरेको थियो ।