अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अख्तियारले बालुवाटार जग्गा प्रकरणमा उनको पनि संलग्नता रहेको भन्दै मुद्दा दायर गरेको थियो । यसै मुद्दामा उनी आइतबार अदालतमा उपस्थित भएको र आजै थुनामा पठाउने आदेश भएको विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।
विशेषका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो ।